Loktantra Khabar National Weekly
Ad

लखनऊलाई ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लियो

लोकतन्त्र खबर
२४ बैशाख २०८१

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताको यो ११ औं खेलमा आठौँ जित हो र उसको प्ले–अफ सम्भावना निश्चित जस्तै भइसकेको छ ।

जितपछि ११ खेलबाट कोलकाताको १६ अङ्क छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: