Loktantra Khabar National Weekly
Ad

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटियो

लोकतन्त्र खबर
२४ बैशाख २०८१

काठमाडौं वैशाख २४, काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् ।

आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।

अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: