Loktantra Khabar National Weekly
Ad

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
२३ बैशाख २०८१

भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई सनिवार दिउँसो पक्राउ गरेको हो।

ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: