Loktantra Khabar National Weekly
Ad

१९ वर्ष जेल तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

लोकतन्त्र खबर
२३ बैशाख २०८१

काठमाडौं  वैशाख २३, १९ वर्ष ९ महिना २ दिन जेल सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनार छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत नुवाकोटले २०७८ पुस २६ गतेको कर्तव्य ज्यान मुद्दामा उनलाई १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर गरेको थियो ।

उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: