Loktantra Khabar National Weekly
Ad

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

लोकतन्त्र खबर
२१ बैशाख २०८१

काठमाडौं  वैशाख २१, झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।

आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।

उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’

उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला परेको प्रहरीको भनाइ छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: