Loktantra Khabar National Weekly
Ad

गुल्मीमा घाँस काट्दा लडेर एक महिलाको मृत्यु

लोकतन्त्र खबर
२१ बैशाख २०८१

गुल्मी  वैशाख २१, गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएकी थापालाई उपचारका लागि गुल्मी जिल्ला अस्पतालमा पुर्‍याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: