Loktantra Khabar National Weekly
Ad

जागिर लगाइदिने भन्दै गेस्ट हाउसमा लगेर बलात्कार गरेको जाहेरी

लोकतन्त्र खबर
२० बैशाख २०८१

काठमाडौं वैशाख २० , जागिर लगाइदिने भनेर काठमाडौंमा बोलाएर १९ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका विदुर शर्माविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता भएको हो ।

प्रदेश निर्माण सेवा प्रालिका संचालक शर्मा एमालेसम्वद्ध खेलकुद महासंघका कोषाध्यक्ष समेत हुन् । उनले जागिर लगाइदिने भनेर बोलाएको र ठमेलको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

घटना बुधबार दिउँसोको हो । बलात्कार भएलगत्तै पीडित किशोरी प्रहरी वृत्त पुगेकी थिइन् । पीडित किशोरीको शरीरमा चोट समेत लागेको पाइएपछि जाहेरी परेपछि दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: