Loktantra Khabar National Weekly
Ad

टुँडिखेलमा सीप मेला

लोकतन्त्र खबर
१९ बैशाख २०८१

एक महिनामा २०८१ जनालाई सीपमुलक तालिम दिँदै काठमाडौं महानगर

काठमाडौंको टुँडिखेलमा सीप मेला सुरू भएको छ।

काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नारासहित सीप मेला बुधबारदेखि सुरू गरेको हो।

महानगरले एक महिना विभिन्न २९ पेशासँग सम्बन्धित सीप तालिम दिन लागेको हो। यो तालिम एक महिनासम्म चल्नेछ।

महानगरका अनुसार २०८१ जनालाई सीपमुलक तालिम दिने तयारी छ।

सीप मेलाको बुधबार आयोजित कार्यक्रममा उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी छन्। महानगरले यस कार्यक्रमलाई गौरवको योजनाका रूपमा लिएको छ।

महानगरभित्र बसोबास गर्ने व्यक्तिहरूलाई तालिम र रोजगारी प्रदान गर्ने उद्देश्यले वैशाख १९ गतेदेखि जेठ २५ गतेसम्म सीप मेला सञ्चालन गर्न लागेको महानगरको सामाजिक विकास विभागकी निमित्त विभागीय प्रमुख विमला कोइरालाको भनाइ छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: