Loktantra Khabar National Weekly
Ad

कपिलवस्तुमा घरभित्र श्रीमान् श्रीमती मृत फेला

लोकतन्त्र खबर
१९ बैशाख २०८१

काठमाडौं वैशाख १९ , कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । उनकी श्रीमती भने कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी छन् ।

घरको ढोका खुलै रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: