Loktantra Khabar National Weekly
Ad

इलाममा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर

लोकतन्त्र खबर
१९ बैशाख २०८१

इलाम वैशाख १९ , इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई थप उपचारका लागि झापा पठाइएको छ ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान आज विहान ५ बजे सडकबाट ४०० मिटर तल खसेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: