Loktantra Khabar National Weekly
Ad

दक्षिण अफ्रिकाको टी-२० विश्वकप खेल्ने टोली घोषणा

लोकतन्त्र खबर
१८ बैशाख २०८१

काठमाडौं  वैशाख १८, नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । युवा ब्याटर एडेन माक्ररमको कप्तानीमा दक्षिण अफ्रिकाले मजबुत टोली घोषणा गरेको हो ।

सन्न्यासबाट फर्किने चर्चामा भएका फाफ डु प्लेसिस भने टोलीमा पर्न सकेनन् । मध्यक्रमका ब्याटर रास्सी भान डर डुसेन पनि टोलीमा अट्न सकेनन् । तीव्र गतिका बलर नान्द्रे बर्गर बैकल्पिक खेलाडीको सूचिमा छन् ।

समूह डी मा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले १५ जुनमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

पहिलो पटक नेपालले दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिका समूह डी को सबैभन्दा मजबुत टोली हो । प्रतियोगिता उपाधि दाबेदार टोलीको रुपमा समेत हेरिएको छ ।

दक्षिण अफ्रिका टोली : एडेन माक्ररम (कप्तान), बोटनिल बार्टमान, जेराल्ड कोट्जी, क्विन्टन डि कक, ब्जोर्न फोटुइन, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिच नोर्किया, कागिसो रबाडा, रियान रिकेल्टन, तबरेज शाम्सी र ट्रिस्टन स्टब्स ।

ट्राभल रिजरर्भ : नान्द्रे बर्गर र लुंगी एनगिडी अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: