Loktantra Khabar National Weekly
Ad

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

लोकतन्त्र खबर
१८ बैशाख २०८१

काठमाडौं  वैशाख १८, ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । घाइतेहरुलाई अस्पतालतर्फ लगिँदैछ ।

ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: