Loktantra Khabar National Weekly
Ad

धान चोर्ने क्रममा ७० वर्षीया महिलाको हत्या गर्ने चौधरी जेल चलान

लोकतन्त्र खबर
१८ बैशाख २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,बैशाख १८

सर्लाहीको बागमती नगरपालिकाको दुई फरक-फरक ठाउँमा भएको हत्या काण्डमा संलग्न दुईजना ब्यक्तिलाई जिल्ला अदालत सर्लाहीले कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कारागार चलान हुनेहरुमा रौतहटको वृन्दावन न.पा वडा न-५,नरकटिया बस्ने ३९ वर्षिय प्रमोद चौधरी र बागमती पालिकाको वडा न-२, शितलनगर बस्ने ६७ वर्षीय हेमबहादुर बस्नेत रहेका छन् ।

गएको चैत २० गते बागमती न.पा वडा न-४, जिरायत टोलमा धान चोर्न गएका चौधरीले प्रतिकार गर्ने क्रममा ७० वर्षीया पार्वती देवीको काठको मुढा प्रहार गरेर हत्या गरेका थिए।

हत्याको भोली पल्टै पक्राउ परेका चौधरीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

यस्तै अदालतले बस्नेतलाई गएको चैत्र २३ गते आफ्नै श्रीमती ६४ वर्षीया विष्णुकुमारी बस्नेतलाई खकुरी प्रहार गरि निर्मतापुर्वक हत्या गरेको कसुरमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: