Loktantra Khabar National Weekly
Ad

ओटिटीमा चर्चा बटुल्दै किरण रावको फिल्म ‘लापता लेडिज’

लोकतन्त्र खबर
१८ बैशाख २०८१

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

फिल्म हलमा रिलिज भएपछि ओटिटीमा प्रदर्शन गरिएको छ। ओटिटीमा पनि फिल्मले तारिफ बटुलिरहेको छ। दर्शकले कहानी, मनोरञ्जन, सामाजिक सन्देश, कलाकारको अभिनय र निर्देशनको प्रशंसा गरिएका छन्। दर्शकले सामाजिक सञ्जालमा निकै तारिफ गरिरहेका छन्। सामाजिक सञ्जालको प्रतिक्रिया अनुसार फिल्म ‘टप १०’ ट्रेन्डिङ इन्डियन मुभिजको सूचीको पहिलो स्थानमा छ।

यो फिल्म ओटिटीमा रिलिज हुँदासमेत भारतका केही हलमा प्रदर्शन भइरहेको छ।

यो फिल्मले महिलासँग जोडिएको मुद्दालाई प्रस्तुत गरेको छ। फिल्ममा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ। फिल्मको पटकथा तथा संवाद स्नेहा देसाईले लेखेका हुन्।

आमिर खान, किरण राव र ज्योति देशपान्डेको लगानी रहेको फिल्ममा नितान्शी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: