Loktantra Khabar National Weekly
Ad

धनुषामा मृत फेला परेका युवक भारतीय रहेको खुल्यो

लोकतन्त्र खबर
१८ बैशाख २०८१

काठमाडौं वैशाख १८, धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको सनाखत भएको छ ।

मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

सोमबार बिहान धनुषाको नगराइन नगरपालिका २ को आँपको बगैंचामा उनको बेवारिशे शव फेला परेको थियो । अत्यधिक मदिरा सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: