Loktantra Khabar National Weekly
Ad

ललितपुरको आनन्द वनमा डढेलो, कुष्ठरोग अस्पतालमा सतर्कता

लोकतन्त्र खबर
१८ बैशाख २०८१

काठमाडौं वैशाख १८ , ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो सल्किँदा कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।

लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । त्यहाँ रहेको आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ ।
आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ । त्यहाँ हाल ९३ जना विरामीहरु छन् ।

डढेलो फैलिँदै अस्पतालको नजिक आएकाले सतर्कता अपनाइएको ललितपुर प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । ‘डढेलो नियन्त्रणको प्रयास जारी छ, आवश्यक परे विरामीहरुलाई स्थानान्तरण गर्नेसम्मको तयारी गरिएको छ,’ उनले भने । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: