Loktantra Khabar National Weekly
Ad

बुबाको हत्या आरोपमा छोरी पक्राउ

लोकतन्त्र खबर
१६ बैशाख २०८१

जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्।

पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्।

हाँसु सौतनी छोरी हुन्।

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो।

पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: