Loktantra Khabar National Weekly
Ad

जुवा खेलेको आरोपमा टोखाबाट ८ जना पक्राउ

लोकतन्त्र खबर
१६ बैशाख २०८१

काठमाडौं  वैशाख १६, जुवातास खेलेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–१० सिर्जना टोलस्थित हरि श्रेष्ठको घरमा जुवातास खेलेको आरोपमा प्रहरीले शनिबार ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–१० का ४९ वर्षीय हरि श्रेष्ठ, बाँसबारीका ६८ वर्षीय मानबहादुर पुन, बूढानीलकण्ठ–१३ का सागर लामा, गोकर्णेश्वर नगरपालिका–८ का ४९ वर्षीय नेमा लामा छन् ।

त्यस्तै बूढानीलकण्ठ–१२ का लोप्साङ लामा, टोखा नगरपालिका–३ का पुष्पबहादुर खड्का, ठिमी नगरपालिका–३ कौशलटारका ४८ वर्षीय देन लामा र नागार्जुन नगरपालिका–२ का ४५ वर्षीय शरणबहादुर गुरुङ पक्राउ परेका छन् ।

उनीहरूबाट १ लाख १३ हजार ५ सय नगद, जुवा खेल्न प्रयोग गरिएका १०९ थान क्वाइन र चार बुक तास बरामद गरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: