Loktantra Khabar National Weekly
Ad

डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु

लोकतन्त्र खबर
१६ बैशाख २०८१

डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको हो।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: