Loktantra Khabar National Weekly
Ad

गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो

लोकतन्त्र खबर
१२ बैशाख २०८१

गुल्मी  वैशाख १२, गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर नलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ ।

जिल्लाका विभिन्न स्थानमा आगलागीबाट झन्डै एक सयभन्दा बढी घरगोठसहित पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: