
काठमाडौं वैशाख १०, ललितपुरको टीकाथलीमा सडक र घरबीचको गहिरो खोँचमा खसेका एक जनाको उद्धार गरिएको छ ।
आइतबार राति ११ बजे महालक्ष्मी नगरपालिका–३ टीकाथलीमा सडकमा हिँडिरहेका बेला ४३ वर्षका रामेश्वर बोगटी घर र सडकबीचको करिब एक फिटमात्र फराकिलो र १० फिट गहिरो खोँचमा खसेका थिए ।
सूचना पाएपछि पुगेको प्रहरी चौकी टीकाथली, प्रहरी प्रभाग इमाडोल र जिल्ला प्रहरी परिसर जाउलाखेलको टोलीले बोगटीको सकुशल उद्धार गरेको हो ।
उद्धार गरेर उनलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: