Loktantra Khabar National Weekly
Ad

करारमा नगरप्रहरी भर्ती गर्दै मध्यपुर थिमि, माग्यो दरखास्त

लोकतन्त्र खबर
१० बैशाख २०८१

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले करारमा नगरप्रहरी भर्ती गर्न लागेको छ।

सोमबार सूचना प्रकाशन गर्दै नगरपालिकाले १२ जना नगरप्रहरीको पदपूर्तिका लागि दरखास्त मागेको हो।

नगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, एक जना नगर प्रहरी सहायक निरीक्षक  र १० जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका नेपालीले २१ दिनभित्र नगर कार्यपालिकाको कार्यालयमा उपस्थित भई दरखास्त बुझाउन सक्नेछन्।

दरखास्त शुल्क नगर प्रहरी निरीक्षकका लागि एक हजार, सहायक निरीक्षकका लागि सात सय र जवानका लागि तीन सय रूपैयाँ तोकिएको छ।

नगर प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २४ वर्ष ननाघेको र स्नातक तह वा सोसरह उत्तिर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षक वा सो सरहको पदबाट पूर्व जनपथ र सशस्त्र प्रहरी वा नेपाली सेनाबाट अवकाश प्राप्तको हकमा भने ४४ वर्ष ननाघेको हुनुपर्ने छ।  सेतोपाटी

सूचनाः

madhyapur-thimi-1713757867.jpg

प्रतिक्रिया दिनुहोस्: