Loktantra Khabar National Weekly
Ad

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

लोकतन्त्र खबर
९ बैशाख २०८१

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा  शनिबार राति चालकको घटनास्थलमै मृत्यु भएको हो।

लालझाडी गाउँपालिका-६ का ३५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेकाले उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: