Loktantra Khabar National Weekly
Ad

मकवानपुरमा भेटियो मानव कंकाल

लोकतन्त्र खबर
९ बैशाख २०८१

मकवानपुरमा मानव कंकाल फेला परेको छ।

मकवानपुरगढी गाउँपालिका वडा- ८ को बुढीचौरस्थित आरूखोला जंगलमा मानव कंकाल फेला परेको हो।

उनको कपडा र शारीरिक बनावटको आधारमा पुरूषको कंकाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए।

उनका अनुसार शनिवार दिउँसो घाँस काट्न गएका महिलाले कंकाल देखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेको थिए। प्रतिनिधिले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको हो।

प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पुरा गरी अहिले कंकाललाई हेटौडा अस्पतालमा राखिएको एसपी रिजालले जानकारी दिए।

‘उनको शारीरिक वनावट अनुसारको व्यक्ति हराएको भन्दै  कोही आफन्त आएका छैनन्,’ उनले भने, ‘त्यसैले सनाखत हुन सकेको छैन।’

प्रहरीले उनी को हुन भनेर पत्ता लगाउने काम गरिरहेको उनले बताए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: