Loktantra Khabar National Weekly
Ad

बलात्कार आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
७ बैशाख २०८१

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।

ती किशोरीलाई सोही नगरपालिका-११ सालबारीस्थित होटलमा बुधबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: