Loktantra Khabar National Weekly
Ad

रूसी सेनामा गएकालाई फर्काउन माग गर्दै माइतीघरमा अनसन

लोकतन्त्र खबर
७ बैशाख २०८१

रूसी सेनामा गएकाहरूलाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन्।

रूसी सेना आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा परिवारले अनसन सुरू गरेका हुन्।

२५/३० जनाबाट अनसन सुरू गरिएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्।

‘रूसी सेनामा रहेका नेपालीलाई पटक-पटक उद्धार गरिदिन सरकारसँग आग्रह गरिरहँदा चासो नदेखाएपछि अनसन बस्न बाध्य भएका हौं,’ उनले भनिन्।

उनका अनुसार रूसी सेनामा आवद्ध भएका एक हजार भन्दा बढी पीडितहरू उनको सम्पर्कमा आएका छन्। कतिपय व्यक्तिहरू लामो समयदेखि सम्पर्कबिहीन छन्।

त्यसैले फर्किन चाहेकालाई ल्याउन र बेपत्ता भएकाहरूको खोजीकार्य गर्ने माग राख्दै अनसन सुरूवात गरिएको संयोजक कृतु भण्डारीले जानकारी दिइन्।

पीडितका परिवार लामो समयदेखि कहिले सडक र सदनमा आफ्ना परिवारलाई फर्काउन माग राख्दै आवाज उठाउँदै आएका छन्। बिहीबार पनि पीडितका परिवारले आफ्ना माग राख्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शनी गरेका थिए।

प्रदर्शनीमा १२ जना पीडितका परिवार पक्राउ परेका थिए। उनीहरूलाई साँझमात्र छोडिएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: