Loktantra Khabar National Weekly
Ad

अर्घाखाँची बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

लोकतन्त्र खबर
७ बैशाख २०८१

बुटवल वैशाख ७ , अर्घाखाँचीमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते शितगंगा ८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटना हुंदा प्रज्ज्वल सहित १७ जना घाइते भएका थिए । घाइते सबै दाङको गढवाका हुन्।

घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: