Loktantra Khabar National Weekly
Ad

ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला

लोकतन्त्र खबर
६ बैशाख २०८१

काठमाडौँ । ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव भेटिएको हो ।

सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए। घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको छ।

सो स्कुटरको ब्लु बुक रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ घर भएका रोहित गौतमको नाममा छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: