Loktantra Khabar National Weekly
Ad

भारत लैजाँदै गरेको १२८० प्याकेट चुरोट जमुनाहबाट बरामद

लोकतन्त्र खबर
५ बैशाख २०८१

काठमाडौं वैशाख ५ , बाँकेको जमुनाह नाकाबाट भारत लैजाँदै गरेको चुरोट प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको १२८० प्याकेट खुकुरी चुरोट बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट बरामद गरेको हो ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: