Loktantra Khabar National Weekly
Ad

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

लोकतन्त्र खबर
३ बैशाख २०८१

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

लम्कीचहुा नगरपापलका–३ व्यवस्थितनगरका ५२ वर्षीय केशरबहादुर रावलको  मृत्यु भएको प्रहरीले जनाएको हो।

सोही ठाउँको  भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले उनलाई आइतबार ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको बताए।

घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: