Loktantra Khabar National Weekly
Ad

भारतीय दुतावास द्वारा नारायणपुर स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

लोकतन्त्र खबर
२ बैशाख २०८१

विद्यानन्द यादव—
सर्लाही,बैशाख २

भारतीय दुतावासले सर्लाहीको नारायणपुर स्वाथ्य चौकीलाई एम्वुलेन्स प्रदान गरेको छ।

नयाँ बर्षको अवसर पारेर शनिवार एक कार्यक्रमका बिच पर्सा गाउँपालिका अन्तर्गतको नारायणपुर स्वाथ्य चौकीलाई एम्वुलेन्स प्रदान गरेको हो ।

संघिय सांसद तथा पूर्व खानेपानी मन्त्री महेन्द्र राय यादवको सिपारीश तथा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव “विस्पत”को विशेष पहलमा दुतावासले एम्वुलेन्स सहयोग उपलब्ध गराएको गाउँकार्यपालिकाले जानकारी गराएको छ।

एम्बुलेन्स उपलब्ध भए पछि नारायणपुर लगायत आसपासका सर्वसाधारण जनतामा एक किसिमको खुसियालीन छाएको छ।

वर्षौंदेखि यस क्षेत्रका विरामीहरुलाई स्वास्थ्य उपचारको लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा लैजान समस्या हुँदै आएका थिए।

समयमा उपचार सेवा नपाउँदा बिरामीहरुलाई अकालमा ज्यान गुमाउनु परेको थियो। एम्वुलेन्स सञ्चालनमा आएपछि ती समस्याहरुको समाधान भएको भन्दै स्थानियवासीहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: