मनोज यादव— सर्लाही,असोज १ गते
सर्लाही जिल्लामै पहिलोपटक बि.बि.ए कोर्सको कक्षा संचालन हुन गइरहेको छ।
जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ मा भर्खरै संचालनमा आएको राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ब्रम्हभूमि इन्स्टिच्युट अफ साइन्स टेक्नोलोजी एण्ड मेनेजमेन्टले यसै शैक्षिक सत्र २०८१ देखि बि.बि.ए कोर्सको कक्षा सञ्चालन गर्ने भएको छ।
संस्थाका मेनेजिङ्ग डाइरेक्टर डा.राकेश कुमार सिंहले सोमबार बिहान पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएका छन्।
नेपालको शैक्षिक क्षेत्रमा नीजी क्षेत्रले पनि लगानी लगाउँदै आएका भएपनि केही न्यून संस्थाहरुले मात्र स्तरीय शिक्षा उपलब्ध गराउँदै आएका छन् ।
सर्लाहीमा पनि विभिन्न विषयको अध्यन अध्यापनको लागि बर्सेनि नयाँ-नयाँ कलेज तथा इन्स्टिच्युटहरु खुल्ने क्रम जारी रहेपनि विद्यार्थीको चाहना र विश्व बजारको मागलाई दृष्टिगत गरि बि.बि.ए कोर्षका लागि भने अहिलेसम्म एउटा पनि शैक्षिक संस्थाले पहल गरेको देखिदैन ।
जसले गर्दा जिल्लाका विद्यार्थीहरुलाई सो कोर्ष गर्नका लागि जिल्ला बाहिर तथा देश बाहिरका महंगा कलेजहरुमा जानुपर्ने बाध्यता रहँदै आएकोले यहाँका विद्यार्थीहरुलाई बाहिर जानू नपरोस् साथै आफ्नै गाउँठाउँमा स्तरीय शिक्षा लिन सकुन भन्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सदरमुकाम मलंगवामा यस इन्सिटिच्युटको सुरुवात गरेको मेनेजिङ्ग डाइरेक्टर डा.सिहले पत्रकारहरुलाई बताए।
संस्थाले पहिलो सुरुवातको रुपमा बि.बि.ए कोर्षमा अध्यन अध्यापन सुरु गरेपनि आगामी शैक्षिक सत्रदेखि होटल मेनेजमेन्ट र पत्रकारीताको पनि कक्षा संचालन गर्ने लक्ष्य यस संस्थाले लिएको उनले जानकारी गराए। यस वर्ष ४० वटा सिट प्राप्त भएको उनले जानकारी गराएका छन् ।
यहाँ भरेका फारमहरु सम्बन्धन प्राप्त विश्वविद्यालयमा जाने ,तोकिएको समयमा प्रवेश परीक्षा हुने र विश्वविद्यालयलेनै छनौट गरेका क्वालिफाइड विद्यार्थीहरुको मात्र भर्ना लिने भएकोले भर्नाका लागि कुनै किसिमको नाताबाद हावी नहुनेमा विश्वस्त रहन डा.सिंहले बताएका छन् ।
यो कोर्ष गर्न कलेज शुल्क बापत वार्षिक एकमुष्ट ७५ हजार लाग्ने बताइएको छ।
न्यूनतम शुल्कमा आफ्नै घर आगनबाट प्रविधिको समेत प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको उपाधि हासिल गर्न सकिने यस कार्यक्रमबाट कयौं विद्यार्थीहरु लाभान्वित हुने विश्वास लिएको संस्थाका सि.इ.ओ राजेश कुमार सिंहले बताएका छन् ।
राजर्षी जनक विश्वविद्यालयसँग सम्बन्धन प्राप्त भएकोले अन्य शैक्षिक संस्थाको तुलनामा यस संस्थाबाट प्रदान गरिने उपाधिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वसनीयता थप बढी रहने संस्थाका प्राधानाध्यापक चन्द्रशेखर मिश्रले बताएका छन् ।
सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान, महिला र पुरुष दुवै छुट्टाछुट्टै छात्रावास, क्यान्टिनको व्यवस्था, अनुसन्धानमा आधारित पाठ्यक्रम, कम्पियुटर ल्याब ,सम्बन्धित विषयका विज्ञद्वारा अध्यापन जस्ता विशेषताले गुणस्तरीय उच्च शिक्षा प्राप्त हुने विषयमा विश्वास गर्न श्रीमति कृष्णादेवी जनता माध्यमिक विद्यालयका पुर्व प्राधानाध्यापक तथा समाजेवी महेन्द्र लाल कर्णले बताएका छन् ।
कोर्ष पूरा भइसकेपछि विद्यार्थीहरुको सबैभन्दा ठुलो समस्य जागिर पाउने रहेकोले यस संस्थाबाट आफ्नो अध्यन पूरा गरिसकेका विद्यार्थीहरुलाई विभिन्न मल्टिनेसनल कम्पनी तथा प्रतिष्ठित बैंकहरुमा जागिरको लागि पहल गर्ने साथै बेलाबेलामा बाहिरका प्रतिष्ठित र ठुला कलेजबाट सम्बन्धित विषयका शिक्षक र विद्यार्थीहरुलाई बोलाएर सहजताका लागि अनुभव सेयर गर्न लगाउने समेत व्यवस्था गरेको मेनेजिङ्ग डाइरेक्टर डा.सिहले पत्रकारहरुलाई जानकारी गराएका छन् ।