Loktantra Khabar National Weekly
Ad

मुगुमा अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

लोकतन्त्र खबर
२ बैशाख २०८१

मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ।

शनिबार राति ९:२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।

उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ।

बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म  ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ ।

बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले  जनाएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: