Loktantra Khabar National Weekly
Ad

धनुषामा गहुँ खेतमा महिलाको शव भेटियो

लोकतन्त्र खबर
२ बैशाख २०८१

जनकपुरधाम वैशाख २ , धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धानको लागि डग टोली आउन लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् । साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: