Loktantra Khabar National Weekly
Ad

बुद्धचित्तको बोट काटिएको घटनामा थप एक जना नियन्त्रणमा

लोकतन्त्र खबर
२ बैशाख २०८१

काभ्रेमा बुद्धचित्तको बोट काटिएको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त घटनाबारे सोधपुछका लागि शनिबार राति एक जनालाई नियन्त्रणमा लिइएको हो।

‘सोधपुछका लागि नियन्त्रणमा लिएका हौं। सोधपुछपछि घटनामा संलग्नता रहेको नरहेको थाहा होला,’ उनले भने।

काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो।

१५/२० जनाको अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम राखेको थियो।

उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो।

शेरबहादुरले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेका थिए।

रूख काटिएको दिन शेरबहादुर भने काठमाडौंमा थिए।

प्रहरीले शुक्रबार नै सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको थियो।

ती व्यक्तिसँग पनि सोधपुछ भइरहेको र शनिबार राति अर्को एक जनालाई पनि नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: