Loktantra Khabar National Weekly
Ad

आगलागीबाट घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

लोकतन्त्र खबर
२९ चैत्र २०८०

रामेछापमा आगलागीबाट घाइते भएका व्यक्तिलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

मन्थली नगरपालिका वडा नम्बर ९ पुरानो गाउँ लामाटोलमा आगलागीबाट एक जना वृद्धा घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

आफ्नो बारीमा झुस पोल्नेक्रममा ८५ वर्षीया लालमाया तामाङको शरीरमा आगलागी भएको हो।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याएर उपचार गराइएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: