Loktantra Khabar National Weekly
Ad

सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट

लोकतन्त्र खबर
२९ चैत्र २०८०

सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ।

आज बिहान साढे १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटको सूचनापछि बिहानै २ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो।

विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको उनले बताए।

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नेपाल नेपाल लेखिएको पर्चा भेटिएको डिएसपी दाहालले जानकारी दिए।

यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम विस्फोट भएको थियो।

उक्त विस्फोटमा पनि यही समूहको संलग्ना रहेको डिएसपी दाहालले जानकारी दिए।

विस्फोट गराउनेहरूको खोजी भइरहेको उनले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: