Loktantra Khabar National Weekly
Ad

सद‍्भाव कायम गरेर पर्व मनाउन बाँके प्रशासनको अनुरोध

लोकतन्त्र खबर
२७ चैत्र २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँके र सद्भाव समितिले सद‍्भाव कायम गरेर पर्व मनाउन आग्रह गरेका छन् । बाँकेको नेपालगन्जमा धार्मिक समुदायको पर्व सुरु भएको छ ।

मुस्लिम समुदायको ईद पर्व नजिकै आउँदै छ । हिन्दुले मनाउने चैते दसैँ, राम नवमी र हनुमान जयन्ती तथा शिख समुदायको वैशाखी पर्व नजिकिएसँगै सद्भाव कायम गरेर पर्व मनाउन आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

प्रशासनको आग्रह अनुसार धार्मिक समुदायहरू र सद‍्भाव समितिहरू शान्त वातावरणमा सद्भाव कायम गरेर पर्व मनाउन जुटेका छन् । मंगलबार पर्व मनाउँदा सद‍्भाव कायम गर्नेबारे बाँकेका प्रजिअ पोखरेलको अध्यक्षतामा छलफल भएको छ । छलफलपछि बाँके प्रशासनले सद‍्भाव कायम गर्न आग्रह गरेको हो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: