Loktantra Khabar National Weekly
Ad

सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी जवानमाथि दुर्व्यवहार

लोकतन्त्र खबर
२७ चैत्र २०८०

सिंहदरबारभित्रै प्रहरी जवानमाथि दुर्व्यवहार भएको छ।

सलाम नगरेको विषयमा वरिष्ठ हवल्दार उज्ज्वल भण्डारीले प्रहरी जवान सुन्दर सिंहमाथि मंगलबार बिहान करिब १० बजे दुर्व्यवहार गरेका हुन्।

सिंहदरबार प्रहरी सुरक्षा गणमा खटिएका जवान सिंह प्रहरी उपरीक्षक सन्तोष तामाङका अंगरक्षक पनि हुन्। वरिष्ठ हवल्दार भण्डारी भने अर्थमन्त्री वर्षमान पुनका सुरक्षामा खटिन्छन्।

जवान सिंहमाथि भण्डारीले हातपात गरेको प्रहरी स्रोतले जनाएको छ। यस विषयमा जवान सिंहले लिखित रूपमा उजुरी दिने तयारी गरेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: