Loktantra Khabar National Weekly
Ad

पक्राउ परे बलात्कार मुद्दाका फरार व्यक्ति

लोकतन्त्र खबर
२७ चैत्र २०८०

सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा-२ का २५ वर्षीय शेखर शर्मा बरही हुन्।

उनी फागुन १६ गते घटनास्थलबाटै भागेका थिए। खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको टोलीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।

उनी लुकिछुपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: