Loktantra Khabar National Weekly
Ad

धनगढीमा लागुऔषधसहित ३ युवक पक्राउ

लोकतन्त्र खबर
२७ चैत्र २०८०

धनगढी  चैत २७, सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लागुऔषध खैरो हिरोइनसहित तीन युवकलाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको बुद्धचोकबाट सोमबार राति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कबिन्द्रसिंह बोहराले कैलारी गाउँपालिका-८ का २४ वर्षीय सन्जु चौधरी, जोशीपुर गाउँपालिका-१ का २४ वर्षकै अमरदिप डगौरा र
धनगढी उपमहानगरपालिका-७ बस्ने १७ वर्षका अमीत रानालाई पक्राउ गरिएको जानकारी दिए ।

चालमको बोराभित्र लुकाएको अवस्थामा २ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको बोहराले बताए ।

उनीहरू तिनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: