Loktantra Khabar National Weekly
Ad

कञ्चनपुरमा अवैध काठसहित सामुदायिक वनका सचिव पक्राउ

लोकतन्त्र खबर
२६ चैत्र २०८०

धनगढी चैत २६ ,कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेकाे काठसहित सामुदायिक वन उपभोक्ता समितिका सचिव पक्राउ परेका छन् ।

कृष्णपुर नगरपालिका-१ मा रहेकाे जगदम्बा मयूर सामुदायिक वन उपभोक्ता समितिका सचिव गाेविन्द पन्तलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेकाे अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । उनले अवैध रूपमा लुकाएर राखेकाे काठसमेत बरामद गरिएको छ । अदालतबाट म्याद थप गरेर पन्तमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: