Loktantra Khabar National Weekly
Ad

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

लोकतन्त्र खबर
२३ चैत्र २०८०

खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन्।

उनलाई प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको टोलीले बिहिबार साँझ पक्राउ गरेको हो।

उनीविरूद्ध बालिकालाई ललाई फकाई आफ्नो घरमा लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: