Loktantra Khabar National Weekly
Ad

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

लोकतन्त्र खबर
२३ चैत्र २०८०

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्य‍ु भएको छ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर आज बिहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक कन्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलादीका ३० वर्षीय राजेश चौधरी र ट्याक्टरमा सवार बैतडीको पाटन नगरपालिका-१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

उनीहरूको दुर्घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना बिहानै भएको तर प्रहरीलाई ढिला गरी प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए। दुर्घटनास्थलमा २ जना मृत भेटिएकाले ट्याक्टरमा दुई जनामात्रै सवारी रहेको प्रहरीको आकलन छ।

दुर्घटनास्थलको मुचुल्का सकिएछि पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक केसीले जानकारी दिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: