Loktantra Khabar National Weekly
Ad

धनगढीमा प्रहरी जवान मृत भेटिए

लोकतन्त्र खबर
२२ चैत्र २०८०

धनगढी  चैत २२, धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । बिकको  परिवार धनगढीमा बस्दै आएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: