Loktantra Khabar National Weekly
Ad

कञ्चनपुरमा खैरो हिरोइनसहित युवक पक्राउ

लोकतन्त्र खबर
२२ चैत्र २०८०

धनगढी  चैत २२, कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।

उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ ।

शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: