Loktantra Khabar National Weekly
Ad

दाङमा आपसमा ठोक्किए दुई बस

लोकतन्त्र खबर
२१ चैत्र २०८०

दाङको लमहीमा बुधबार बिहान दुई यात्रुबाहक बस आपसमा ठोक्किएका छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ होटल हाइवे अगाडि विपरीत दिसाबाट आइरहेका दुई बस आपसमा ठोक्किएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा ६ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: