Loktantra Khabar National Weekly
Ad

राँगा मार्न प्रहरीले चलायो गोली

लोकतन्त्र खबर
२१ चैत्र २०८०

विराटनगर  चैत २१, गाउँमा आतंक मच्याएको राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।

मंगलबार बेलुका मोरङको केराबारीमा गाउँमा पसेर आतंक मच्याएपछि प्रहरीले दुई राउण्ड गोली हानेर राँगा मारेको हो ।

रागाको आक्रमणबाट एकजना घाइते भएका छन् । केराबारी गाउँपालिका–८ आमजुंगीमा प्रवेश गरेको राँगाले आतंक मच्चाउन थालेपछि गोली हानेर मार्नु परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार राँगाको आक्रमणबाट ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएका छन् ।

राँगा नियन्त्रणमा लिने प्रयास सफल नभएपछि गोली हानेर मारिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ प्रहरी नायव निरीक्षक केदार सापकोटा नेतृत्वको टोलीले गोली हानेर साँझ ७:२५ बजेतिर राँगा मारेको थियो ।

प्रहरीले गोली हानेर मारेको राँगाको धनी सम्पर्कमा नआएपछि वडा कार्यालयले खाल्डो खनेर पुरेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: