Loktantra Khabar National Weekly
Ad

गुडिरहेको स्कुटरमाथी रुख ढल्दा एकजनाको मृत्यु

लोकतन्त्र खबर
१८ चैत्र २०८०

पाल्पामा बर्षासँगै चलेको हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ।

शनिबार साझ पौने ६ बजेतिर परेको अविरल बर्षा तथा हावाहुरीको कारण रुख ढल्दा सडकमा गुडिरहेको स्कुटर च्यापिएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन न.पा. ८ जरेपिपल स्थित सिद्धार्थ राजमार्गमा लु ८१ प ११३६ नम्बरको स्कुटरमाथि रूख ढल्दा स्कुटर चालक  तानसेन नगरपालिका २ बडिज्ञानटोल बस्ने वर्ष २० को प्रथम शाही र स्कुटर पछाडि सवार तानसेन ५ कैलाशनगर बस्ने बर्ष १९ को भुवन दर्लामी घाइते भएका थिए।

घाइते भएका दर्लामीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: