Loktantra Khabar National Weekly
Ad

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

लोकतन्त्र खबर
१८ चैत्र २०८०

काठमाडौं चैत १८ , काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: